नेमकिपाको किल्लामा नेमकिपाको प्रभावशाली उपस्थिति,सुनिल प्रजापतिले १८ सय मत ल्याउदा विपक्षीको सय मत कटेन

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


नेमकिपाको परम्परागत किल्लाको रुपमा रहेको भक्तपुर नगरपालिकामा यसपटक पनि सो पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् ।

जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।

तीन वटा वडाको मतगणना हुँदा उनलाई पछ्याउँदै एमाले उम्मेदवार दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?