
टोकियो मेडिकल एसोसिएसनले कोरोनाभाइरस बिरूद्धको उपायको रूपमा रहेको मास्क लगाउन मानिसहरूले बिस्तारै बिस्तारै बन्द गराउन र विशेष गरी प्राथमिक विद्यालयको तल्लो कक्षाका बच्चाहरू र साना बालबालिकाबाट त्यसको सुरुवात गराउन आग्रह गरेको छ ।
एसोसिएसनका अनुसार महामारीको समयमा त्यसको रोकथामका लागि व्यक्तिगत जीवनशैलीको वेवास्ता गर्दै बालबालिकालाई समेत मास्कको प्रयोग गराइएको कारण मास्कले अनुहारको हावभाव लुकाउने भएकाले सञ्चार समस्याका कारण झगडा समेत परेको घटनाहरूलाई मध्यनजर गरि क्रमिक रूपमा हटाऊदै ज़ानुपर्ने अध्ययनले देखाएको छ।
गम्भीर रोगको उच्च जोखिममा मानिने ६५ वर्ष वा सोभन्दा माथिका ८०% भन्दा बढी जनसंख्याले टोकियोमा तेस्रो कोभिड-१९ बूस्टर खोप पाएका छन्, संक्रमणको जोखिम कम हुदै जादा मेडिकल एसोसिएसनले भनेको छ – साना बालबालिकालाई घरबाहिर हुदा मास्क हटाउन सुझाव दिन सकिन्छ।
उनीहरूले सामाजिक दूरी कायम राखी अभ्यास गर्न सक्छन्, जस्तै डे केयरमा बाहिर खेल्ने, स्कूलमा शारीरिक शिक्षा कक्षाको समयमा र हिड्ने क्रममा उनीहरू गर्मी स्ट्रोकको बढी जोखिममा हुने हुदा माक्स हटाईदा उपयुक्त हुने एसोसिएसन ठहर छ ।



