
जापानको सरकारले आगामी जुन महिनादेखि विदेशबाट आउने आगन्तुकको संख्या हालको बाट बढाएर दोब्बर गरी प्रति दिन २० हजार पुर्याउने भएको छ ।
गत आइतवार समाप्त भएको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि यो कदम चाल्न लागेको सरकारी स्रोतहरूलाई उदृत गर्दै जापानी संचारमाध्यम क्योदो न्यूजले जनाएको छ ।
सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।
जी सेभेंन (G-7) शक्ति राष्ट्र मध्यमा कोभिड-१९ को नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न जापानले मात्र आफ़्नो सिमा सुरक्षालाई कडाइ विदेशी आगन्तुकलाई रोक लगाएको थियो हाल पुन सिमा नियन्त्रणलाई सहज बनाउन दबाब बढ़ेसंगै गत मार्चदेखि खुकुलो बनाउदै आइरहेको छ ।
अप्रिलको अन्तमा सरकारी प्यानलका निजी क्षेत्रका सदस्यहरूले आर्थिक र वित्तीय नीतिमा नकारात्मक असर परेको भन्दै दैनिक विदेशी आगमन सिमालाई सहज गर्न र थप अध्यागमन प्रक्रियाहरू सहज बनाउन आह्वान गरेका थिए।
प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता लन्डन भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर “विभिन्न चरणहरूमा” आफ्नो कोभिड-१९ उपायहरूको समीक्षा गर्ने र अन्य G-7 राष्ट्रहरूले अपनाएको नीति अपनाउने बताए थिए ।
अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टको उदयको लगत्तै जापान सरकारले गत नोभेम्बर ३० बाट सबै गैरआवासीय विदेशी आगन्तुकहरूका लागि जापानको सिमामा कडाइ गरेको थियो । मार्च १ देखि व्यवसायीहरू, विदेशी विद्यार्थीहरू, प्राविधिक प्रशिक्षार्थीहरू र अन्य प्रवेश गर्नेहरूका लागि प्रवेशमा नियन्त्रणहरू खुकुलो पारिएपनि पर्यटकका लागि अझै सहज बनाईएको छैन ।
नोभेम्बरदेखि प्रतिदिन विदेशी आगमनको सीमा ३,५०० बाट बढाएर मार्च १४ मा ५,००० र अप्रिल १० मा हालको १०,००० पु¥याइएको थियो ।
सन २०२१ मा केवल २ लाख २५ हजार ९ सय विदेशी आगन्तुकहरू जापान आएका थिए जुन तुलनात्मक डेटाको अवस्थामा हेर्दा सन १९६४ यताकै सबैभन्दा कम संख्या हो ।



