
नागोया/जापान । जापानमा फेरि एक जना नेपासी युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक उपचारको क्रममा अस्पताल निधन भएको हो ।
यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन् । सबै ठाउँमा सोधी/खोजी गर्दापनि नभेटिएपछि प्रहरीलाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।
प्रहरीको हिरासतमा रहँदा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याईएको थियो । अस्पताल भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृत घोषणा गरिदिएको थियो ।
हाल उनको पार्थिव शरीर प्रहरीको जिम्मामा राखिएको छ भने, अन्त्येष्टि कार्यमा वर्ष १८ को छोरा सुरज मगर र वर्ष १० की छोरी संन्धिका मगरले बावुको मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जापान आऊने प्रकृया अघि बढाईएको छ ।तर अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा/छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले अन्त्येष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृतककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गरेकी छिन् ।
उनको अनुरोध बमोजिम गैरआवासीय नेपाली संघ (NRNA)क्षेत्रीय समिति नागोयामा, मगर संघ जापान नागोया लगायतका संघ संस्थाहरुले सहयोग अभियान संचालन गरि सम्पूर्ण जापानबासी नेपाली समुदाय, विभिन्न संघ संस्था लगायतलाई सहयोग गरिदिन अनुरोध गरिएको छ। सहयोग गर्न चाहनेहरुले एनआरएनए जापान नागोयाको यस खातामा जम्मा गर्न सकिने जनाईएको छ । खाता 12000-15389571 यो समाचार नेपालन्यूज पोष्टले प्रकाशित गरेको छ ।



