
मध्य जापानको टोकाई क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय बोर्डिङ स्कूलमा विद्यार्थीहरूलाई हाई स्कूल डिप्लोमा र विदेशी विश्वविद्यालयहरूमा प्रवेशका लागि योग्यता प्राप्त गर्न अनुमति दिने कार्यक्रमसहित संचालनमा आएको छ ।
अप्रिल २७ मा उद्घाटन गरि कुरिमोतो शैक्षिक संस्थान द्वारा संचालनमा ल्याइएको सो विद्यालयमा जापान आउने अभिभावकका छोराछोरीलाई “उच्च दक्ष पेशेवरहरू” र जापान भित्र र बाहिरका अन्य विद्यार्थीहरूलाई अध्ययनका लागि स्वीकार गरिने बताईएको छ । आइची प्रिफेक्चर शहरको नागोया युनिभर्सिटी अफ कमर्स एण्ड बिजनेश (NUCB) को क्याम्पसमा रहेको उक्त विद्यालयमा बोर्डिंङको सह शिक्षासहित सबै प्रकारका अङ्ग्रेजी कार्यक्रम अध्ययन अध्यापन गराइने भएको हो ।
नयाँ विद्यालयले यसले कुल २२५ विद्यार्थीहरूलाई भर्ना लिनसक्ने बताईएको छ । अध्यापन गराउनका लागि सबै शिक्षकहरूलाई स्नातकोत्तर डिग्री हुनु आवश्यक रहेको र सम्पूर्ण कक्षाहरू अङ्ग्रेजीमा माध्यमबाट सञ्चालन गरिनेछन्। विद्यालयले उच्च शिक्षाका लागि प्रवेश गर्ने अन्तर्राष्ट्रिय रूपमा स्वीकृत योग्यताहरू प्रदान गरिने अन्तर्राष्ट्रिय स्नातक कार्यक्रम पनि प्रस्ताव गर्ने योजना बनाएको र सो कार्यक्रममा सहभागी हुने आधा जती स्नातकहरू विदेशी विश्वविद्यालयहरूमा जानेछन् भन्ने परिकल्पना समेत गरिएको छ ।
विद्यालयले मेको अन्त्यसम्म आवेदनहरू स्वीकार गर्नेछ, र विद्यार्थीहरू सेप्टेम्बरमा भर्ना हुनेछन्। विद्यार्थीहरूको लगभग आधा जापानी हुने अनुमान गरेको छ। उद्घाटन समारोहमा, बोर्डिङ स्कूलका अध्यक्ष हिरोयुकी कुरिमोतोले”हामी विश्वव्यापी स्तरसँग मेल खाने उच्च माध्यमिक शिक्षा प्रदान गर्न चाहन्छौं र जसले अर्कों पुस्ताको नेतृत्व गर्न सकोस ।”



