भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा,भरतपुर देशकै गौरव गर्न र हेर्न लायक सुन्दर शहरको रुपमा विकसित भएको दाबी

-


     जनहित न्युज    
     वैशाख ९ गते २०७९


काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् ।

स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ ।

मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् ।

बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर सिट नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो ।

यसै बिच मेयर दाहालले पाँच वार्षिक अवधिमा भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न लायक सुन्दर शहरको रुपमा विकसित हुदै गएको दाबी गरेकी छन । उनले यस बिचमा भरतपुर महानगरमा थुप्रै गौरबका आयोजनाहरू अगाडी बढेका र ती आयोजनालाई मूर्त रूप दिन आफ़नो आवश्यकता अझै महाशुस भएको घुमाऊरो रूपमा बताएकी छन ।

https://www.facebook.com/100000191446561/posts/5823180207698303/?d=n
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?