
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न दलहरूले आफ़्नो प्रचार प्रसार र भेटघाटलाई उच्च प्राथमिकताका साथ तिव्रता दिएका छन ।
वैशाख ३० गते एकै चरणमा देश भरिका ७५६ स्थानीय निकायहरूको निर्वाचनलाई आफ़्नो पक्षमा परिणाम निकाल्नका लागि आफू समर्थक दलहरूको प्रचारप्रसारमा देश तथा विदेशमा रहेका नेपालीहरू सामाजिक संजाल, डिजिटल लगायतको माध्यमको भरपुर उपयोग गरि आफ़ना नीति विचार र जनतालाई प्रभाव पार्ने सामग्रीको बाहिर ल्याइरहेका छन ।
प्रवासमा रहेको नेकपा माओवादी समर्थित नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो मातृ पार्टीको पक्षमा जनतालाई सुसूचित गर्दै मतदान गर्न अनुरोधका साथ गीति एल्वममार्फत प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
नेपाली राजनैतिक र सामाजिक परिवर्तनका लागि माओवादीले पुर्याएको योगदानको मूल्यांकन गरि जनताले अबको निर्वाचनमार्फत नेतृत्वमा पुर्याउन आव्हवान गर्दै निर्वाचन लक्षित “आयो आयो माओवादी हेर “ नामक गीति एल्वम सार्वजनिक गरिएको सर्जक दिलिप कंडेलले बताए ।
माओवादीको नेतृत्वमा नेपालको व्यवस्था परिवर्तन भएको र अब जनताको अवस्था परिवर्तनका लागि स्थानीय सरकारमा माओवादीले नेतृत्व गरिनु अहिलेको आवश्यकता भएकोले गीति एल्बममार्फत जनतालाई सचेत र सुसूचित गर्दै गोलाकार भित्रको हँसिया र हथौठामा मतदान गर्न आग्रह गरिएको मंचका अध्यक्ष भवानी पन्तले बनाए ।
जो जहाँ छ र जसले जुन भूमिकामार्फत आगामी निर्वाचनमा मतदान गरि माओवादीको पक्षमा परिणाम निकाल्न सकिन्छ सो कार्य गर्ने हेतुले मंचमार्फत जनतालाई सहज रूपमा बुझाउनका लागि सो एल्बम सार्वजनिक गरिएको अध्यक्ष पन्तले बताए ।
के कुरा सामेटिएको छ त प्रचार सामग्री एल्बममा
‘हाम्रो पार्टी आउँदैछ हेर, हँसिया र हथौडा बोकेर।
अब चुनाव हुँदैछ गाउँमा, माओवादीलाई जिताउँ है ठाउँ ठाउँमा ‘
माओवादीले भुईं तहका जनताको आवाज़लाई बुलन्द गर्दै आइरहेको र २०५२ सालदेखि कुनै न कुनै भूमिका मार्फत नेपाली राजनीतिमा समेत माओवादीको नेतृत्व नै मुख्य योगदान रहिरहेकोले आगामी निर्वाचनमा माओवादीको चुनाव चिन्हमा नै मतदान गरि जिताउनलाई आग्रह गरिएको छ ।
कलाकार चेतन गोतामे र चर्चित गायिका टिका पुनको आवाज़ रहेको उक्त एल्बममार्फत भनिएको छ –
भोट दिन नबिर्सौं दाजुभाई
गणतन्त्र संघियता ल्याउनेलाई।
देशको बिकास गर्नलाई साथि
जनताको साथमा छ माओवादी ।।
अहिले जे जती परिवर्तनका उपलब्धिहरू छन त्यसको जननी भने कै माओवादी रहेकोले ती परिवर्तनलाई संस्थागत गर्नका लागि जसको नीति उसैको नेतृत्व भन्ने मान्यताका आधारमा माओवादीका उम्मेदवारहरूको जीत जितनै पर्ने भन्दै गीतमा भनिएको छ-
परिवर्तन जे जति भको हो
माओवादीले लडेर ल्याएको हो।।
हुनुपर्छ अब त छिटो
जसको नीति उसैको नेतृत्व ।
देशको भलो चाहाने पाटि
माओवादि मात्र हो है साथि
दिलिप कंडेल र राम खत्रीको शब्दमा माओवादीले गरेका विभिन्न गतिविधि समेटेर भगीरथ चलाउनेले भिडियो तयार पारेका र भगीरथ चलाउने युटुव च्यानलबाट सो गीत सार्वजनिक गरिएको छ ।
पुरा भिडियो तल छ



