भोलि विप्लव नेकपासहितको दल र मोर्चाको नेपाल बन्द

-


     जनहित न्युज    
     फागुन १५ गते २०७८


एमसिसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसदबाट एमसिसी पारित गर्न लागेकोले विरोध स्वरुप नेपाल बन्दको आयोजना गरेको उल्लेख छ ।

नेपाली जनताको विरोध र संघर्षको बाबजुद एमसिसी संसदबाट पारित गर्न देउवा सरकार र संसदमा भएका मुख्य राजनैतिक दलहरु लागेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महाचिव विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का  महामन्त्री मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटटेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुति र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?