
माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् ।
सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको स्पष्टीकरण ज़स्ताकोतस्तै
हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सहि छ। हामीले गरेको अनुमान भन्दा धेरै माथिबाट “ब्याख्यात्मक प्रस्ताव” तयार भएको छ । यसबाट उत्पन्न दर्जनौं प्रश्नहरुको जवाफ दिन हामी तयार हुने नै छौं । विगतमा महाकाली बेच्नेहरुले गरेको जस्तो भ्रमपूर्ण व्याख्या MCC मा हुने छैन गरिएको छैन र यो व्याख्यात्मक टिप्पणी प्रचार गरिएको जस्तो एकतर्फी होईन त्यसका लागि प्रतिक्षा गरौं नेतृत्वप्रति विश्वास गरौं।
१. MCC बारे हामीले उठाउदै आएका प्रश्न र MCC ले नेपाल सरकारलाई पेश गरेको जवाफ
२. सन्धि ऎन अनुसार उक्त लेटर अफ एक्सचेञ्ज पनि सम्झौताको अङ्ग हुने प्राबधान
३. नेपाल सरकारले भर्खरै पुनः गरेको पत्रब्यवहार
४. यी सबै दस्तावेज MCC का अङ्ग हुने गरि सरकारको तर्फबाट पुरक प्रस्ताव पेश हुने र पारित हुने
५. यी सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भङ्ग भएको घोषणा गर्न सक्ने ।
सरकार, सदन र सडकको संघर्षको एकीकृत बलबाट यो उपलब्धि प्राप्त भएको हो। र, यो सामान्य ब्याख्यात्मक टिप्पणी मात्र नभै परिमार्जन नै हो ।
सबै लिखत दस्तावेजहरु प्राप्त भएपछि सूचना र ज्ञानको अभावमा भएका भ्रम स्पष्ट हुनेछ्न।
यो पहलकदमीबाट गठबन्धन र शान्ति प्रक्रिया बचेको छ। विकास र सम्वृद्दीको बाटोमा अघि बढेको देशलाई सहयोग पुग्नेछ । यसले राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र मुलुकको सार्वभौमिकताको रक्षा गर्न र असङ्लग्नता, पन्चशिल लगायतका नेपालका परराष्ट्र नितिको पनि पक्षमा हुने हुनाले आजका दिनमा प्राप्त यो उपलब्धिलाई सफलताको रूपमा लिनु पर्दछ।



