
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो।
कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट भएका छन्। खार्किभ, मारियुपोल, माइकोलाइभ र ओडेसा शहरमा पनि विस्फोटका खबर आइरहेका छन्।
रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको छ। युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता भएका छन्।
युक्रेनको प्रहरी अधिकारीका अनुसार ओडेसाको पोडिल्स्कस्थित सैन्य क्याम्पमा भएको आक्रमणमा ६ जनाका मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
त्यस्कै मारिउपोल सहरमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको छ।



