
प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ । आइतबार बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो । संसद सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो ।



