
जापानको सबैभन्दा ठूलो व्यापारिक संस्था लबीले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावट घरेलु कारणबाट अत्यधिक ट्रान्समिसिबल स्ट्रेनले गर्दा हुने गरेको भन्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेको छ ।
जापान ब्यापार महासंघका प्रमुख मासाकाजु तोकुराले सोमबार नियमित पत्रकार सम्मेलनमा करिब दुई महिनाको सीमा प्रतिबन्धले स्वदेशी कम्पनीहरूलाई व्यापार यात्रा गर्न र विदेशी साझेदारहरूसँग टाइ-अप, मर्जर र एक्विजिसनमा सहज वार्ता गर्न मात्रै बाधा पुगेको पाईएको र कोरोना भाईरसको फैलावट सीमा प्रतिबन्धले नियन्त्रणमा नआएको तथ्यलाई मध्यनजर गर्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेका हुन ।

ओमिक्रोनको विश्वव्यापी फैलावटका क्रममा पहिलो चरणमा आगमन प्रतिबन्ध गरिनु राम्रो निर्णय थियो। तर जापानमा ओमिक्रोनसहित कोरोना भाईरसको फैलावट र संक्रमण सीमा प्रतिबन्धले नरोकिएकोले यसलाई कायम राखिराख्नु कुनै अर्थ नभएको केइदानरेन भनेर चिनिने व्यापारिक संस्था लबीका प्रमुखले भने-हामीले घरमै बसेर मात्रै व्यवसाय गरिरहेका छैनौँ, हालको प्रवेश प्रतिबन्ध एकान्तताको नीति हो ।

सुमितोमो केमिकल कम्पनीका अध्यक्ष टोकुराले कम्पनीहरूको व्यापार निरन्तरतामा मद्दत गर्न ओमिक्रोनबाट संक्रमित कसैसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको लागि सरकारले हालको क्वारेन्टाइन अवधि १० दिनको अवधि घटाउनुपर्ने दोहोर्याउदै भने-“जापानले किन १० दिन लगाएको छ जब बाँकी विश्वलाई पाँच मात्र चाहिन्छ?”
सरकारले एन्टि-कोरोनाभाइरसको उपाय अन्तरगत पहिलो ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टिसंगै जापान प्रवेश प्रतिबन्ध नोभेम्बर ३० देखि लागू भई यस महिनाको सुरुबाट फेब्रुअरीको अन्त्यसम्मका लागि विस्तार गरेको छ ।
ओमिक्रोन भेरियन्टको फैलावटको कारण जापानको दैनिक कोरोनाभाइरसका केसहरू शनिबार ५० हजार नाघेको छ । संक्रमणले लगातार नया रेकर्ड संख्या बनाउदै आएको छ।



