
जापानको कोबे शहरमा विद्यार्थीको रुपमा अध्ययन गर्दै आएका बागलुङ नगरपालिका खहरेखोलाका २२ वर्षीय किरण खड्का आफ्नै कोठामा मृत फेला परेका छन् ।
४ वर्षअघि विद्यार्थी भिसामा आएका खड्का बुधवार बिहान आफनै कोठामा मृत फेला परेका थिए । खड्का मृत भेंटिएपछि घटनाको बारेमा प्रहरीले निजको नेपालस्थित घरमा जानकारी गराइदिएको थियो ।

कोबे शहरको सुमियोसीमा बस्दै आएका खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको बताईएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताईएको छ ।



