
बागलुङ जिल्लाको गलकोट क्षेत्रमा रहेको रमणीय तथा पर्यटकीय स्थल निलुवाको प्रचार प्रसार, प्रवर्द्धन र पर्यटकीय गन्तव्य बनाउने र गलकोट नगरपालिका वार्ड नम्बर ४ को विकास र मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले गठित निलुवा समाज चमुवा जापानको चौथो अधिवेशन यही डिसेम्बर ३१ हुने भएको छ ।
“बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मान्यताका साथ गठित समाजले निलुवा क्षेत्रको पर्यटकीय विकास र गलकोट नगर पालिका वार्ड नम्बर ४ को विशेष गरेर चमुवाबाट जापानमा रहेकाहरू बिचमा आत्मीयता सत्भाव र भातृत्वको विकास गर्न स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आइरहेको अध्यक्ष थमबहादुर क्षेत्रीले बताए ।
सन् २०१५ मा स्थापना भएको आफ़्नो जन्मभूमिको विकास र समाज रूपान्तरणका लागि परदेशमा रहदापनि सकेको भूमिका निर्वाह गर्न, आफ़ना रीतिरिवाज संस्कृतिप्रति आस्था जगाई राख्न, पुरानो पुस्ताको अनुभव र योगदानलाई युवा पुस्तामाझ निरन्तरता र मानवीय सहयोगमार्फ़त सामाजिक कार्य गर्नका लागि समाजको स्थापना गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
अंग्रेज़ी नया वर्ष २०२२ को शुभकामना आदानप्रदान तथा समाजको चौथो अधिवेशनमार्फ़त समाजले आगामी दिनमा गरिने कार्य, समन्वय र सहकार्यको लागि योजनावद्द रूपमा खाका बनाईने संस्थापक अध्यक्ष भोजेन्द्र सुबेदीले बताए ।
जिल्लाको गलकोट नगरपालिका- ४ चमुवाबाट जापानमा रहेका विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुकोले सन् २०१५ सो समाजको स्थापना भएको थियो ।
समाजले विभिन्न समस्यामा परेका नेपालीहरूको आर्थिक सहायता प्रदान, कोभिड-१९ को संक्रमणको बेला गलकोट नगरपालिका- ४ मा स्वास्थ्य सामग्री हस्तान्तरण लगायतका सामाजिक कार्य समेत गरेको छ ।
अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम डिसेम्बर ३१ तारिखमा बेलुका ५ बजेबाट इन्डियन रेष्टुरेन्ट एण्ड डायनिङ बार मेहमानमा गरिने बताईएको छ ।



