
गल्कोट समाज जापान नागोया क्षेत्रीय समितिको आठौं अधिवेशनको तयारिका लागि अन्तिम बैठक सम्पन्न भएको छ।
विदेशी भूमिमा रहेर पनि आफ्नो कार्य व्यस्ततासँगै सामाजिक संस्थामा आबद्ध भएर सामाजिक कार्यमा लागि परिरहँदा यस संस्थालाई थप चलायमान र सशक्त बनाउनको लागि अझै प्रभावकारी नयाँ कार्यक्रमहरू अगाडि सार्नुपर्ने र सम्पूर्ण गल्कोटेहरूलाई यस संस्थामा आबद्ध गरी हरेक प्रकारका क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यक रहेको संस्थाका संरक्षक मोहन खत्रीले बताउनुभएको छ।
संस्थाले गर्ने विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरूले मनोरञ्जन मात्र प्रदान गर्ने होइन् भावनात्मक अनुभव, सद्भाब चेतना, र समाजिक मूल्यहरू पनि एकै साथ उजागर गर्छन्।”कार्यक्रमहरूबाट संकलित रकमलाई आफ्नो जन्मभूमि वा समुदायको हितका लागि सामाजिक कार्यमा खर्च गरिन्छ, जसले आफ्नो क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्दै समाजको ्प्रगतिको आधार तयार गर्न मद्त गर्ने गर्दछ !
संस्थाले गल्कोट समाज जापान केन्द्रले तोकेको मिति यही छ महिनाको ३० तारिख सम्पूर्ण क्षेत्रको अधिवेशन गर्ने निर्णय अनुसार सोही दिन क्षेत्रमा पनि गरिने निर्णय बमोजिम अधिवेशनको तयारी गरेको छ।
बैठकले सस्थाको आठौ अधिवेशनको लागि निर्वाचन संयोजक संस्थाका संरक्षक यमबहादुर खत्री रहनेगरी संस्थाका क्षेत्रीय संरक्षक द्वय राम खत्री र रमेश गौतम रहने गरी ३ सदस्यि निर्वाचन समिति चयन गरिएको छ !
अधिवेशनमा नागोया भित्र रहेका सम्पूर्ण गल्कोटेहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम संस्थाका अध्यक्ष उद्धव पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।




