रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

-


     जनहित न्युज    
     पौष २७ गते २०८२


नेपाली मूलका भारतीय गायक एवम् कलाकार प्रशान्त तामाङको निधन भएको छ ।

तामाङ ‘इन्डियन आइडल’को विजेता भएपछि चर्चामा आएका थिए । उनले नेपालमा गीत र चलचित्रमा काम गरेका थिए ।
सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए ।

‘तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,’ घतानीले भने, ‘मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।’

तामाङकी श्रीमती र एक छोरी छन्। उनले गायका थुप्रै नेपाली गीत चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?