
ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि.ले आफ्नो सेवा विस्तारको क्रममा २०२५ डिसेम्बर ५ देखि टोकियोस्थित नयाँ कार्यालयमार्फत औपचारिक सेवा सञ्चालन सुरु गरेको छ। नयाँ कार्यालयको शुभारम्भ जापानका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उद्घाटन समारोहमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर राजेन्द्र कार्की क्षेत्री, एयर इन्डिया तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरू, साथै जापानमा सक्रिय सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“सेवा–गुणस्तरको नयाँ अध्याय” — प्रमुख मेघ केसी
कम्पनीका प्रमुख मेघ केसीले नयाँ कार्यालय केवल भौतिक विस्तार मात्र नभई सेवा–गुणस्तरमा नयाँ अध्यायको सुरुआत भएको बताउनुभयो। उहाँका अनुसार “हाम्रो लक्ष्य नेपालको भावना बोकेर जापानमा बसेका नेपाली तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सुरक्षित, सहज र विश्वासिलो यात्रा सेवा दिनु हो। नयाँ कार्यालयमार्फत टिकटिङ, भिसा प्रक्रिया, यात्रा परामर्शदेखि आपतकालीन सहयोगसम्मका सेवाहरूलाई अझ छरितो, पारदर्शी र ग्राहकमैत्री बनाउँदै ल्याइनेछ।”

“अनुभवले प्रेरित उत्कृष्ट सेवा” — जापान कार्यालय प्रमुख बन्दना केसी थापा
जापान कार्यालय प्रमुख बन्दना केसी थापाले नेपालमा लामो समय ट्राभल तथा पर्यटन क्षेत्रमा काम गरेको अनुभवले जापानमा सेवा विस्तार गर्न प्रेरित गरेको बताउनुभयो। उहाँले भन्नुभयो—“हाम्रो उद्देश्य केवल सेवा बेच्ने होइन, यात्रुहरूको विश्वास कायम राख्ने हो। सेवा–गति, पारदर्शिता र पेशागत दक्षता अभिवृद्धि गर्दै यात्रुहरूको सुरक्षा र समयलाई पहिलो प्राथमिकतामा राख्नेछौं। जापानमा रहेका नेपाली तथा स्थानीय ग्राहकहरूले दिएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।”
समुदायबाट प्रशंसा
समारोहमा उपस्थित अतिथिहरूले जापानमा नेपाली समुदायका लागि गुणस्तरीय यात्रा सेवा उपलब्ध गराउँदै आएको ईसुमेघ टुर्स एण्ड ट्राभल्सको निरन्तर योगदानको प्रशंसा गर्नुभयो। नयाँ कार्यालयले यात्रा तथा सम्बन्धित सेवाहरूलाई अझ प्रभावकारी बनाएर समुदायलाई थप लाभान्वित गर्ने अपेक्षा गरिएको छ।
नयाँ कार्यालयको ठेगाना
169-0073 Tokyo-to, Shinjuku-ku, Hyakunincho 1-17-6 Narita Building 301 (Okubo Station North Exit) Lawson Building, 3rd Floor, Shinjuku City, Tokyo, Japan



