
नेपाली गीत संगीत मन पराउने हरुको बहु प्रतिक्षित नेपथ्य व्याण्डको लाईभ कन्सर्ट टोकियोमा आयोजना हुँदैछ । राजधानी टोकियोको टोकियो डोम हलमा नोभेम्बर १८ तारिख मंगलबार साँझ ६: ३० बजेदेखि नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।
टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट (लाईभ इन टोकियो) आयोजना गरेको भिजोनिया कम्पनीका अनुसार कन्सर्टका लागि अक्टोबर २२ तारिख बेलुका ५ बजे टिकट खुल्ला गरिएको जानकारी दिए। ‘अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट भएर इतिहास कायम गरेको छ।’ कम्पनीका प्रमुख सुभास लामिछानेले भने – अर्लीवर्ड टिकट हामीले बुधबार बेलुका ५ बजे खुल्ला गरेका थियौ ५ बजेर १० मिनेटमा हाम्रो ३ सय ३७ वटा टिकट बिक्री भएको थियो। हामीले ३ सय ३३ वटा टिकट बिक्री गरिने भनेकोमा ३ सय ६७ वटा टिकट १० मिनेटमा विक्री भएर इतिहास कायम गरेको छ ।

उनका अनुसार ५ हजार येन शुल्क रहेको अर्लीवर्ड टिकट बुधबार ५ बजेर १५ मिनेटमा ३ सय ९७ वटा विक्री भै सकेपछि यसलाई रोकिएको जानकारी दिँदै टिकटका लागि बालकोनी ३ र ४ खुल्ला गरिएकोमा उक्त टिकट समेत सोल्ड आउट भइसकेको बताए। लाईभ इन टोकियोका लागि खुल्ला गरिएको टिकट २४ घण्टामा १५ सय बढी विक्री भएर अर्को इतिहास समेत कायम गरेको उनको दाबी छ । अब कन्सर्टको लागि स्टान्डिङ एरिया र बालकोनी २ को मात्र टिकट उपलब्ध रहेको बताइएको छ ।
सोमबार साँझसम्ममा अनलाइन मार्फत टिकट खरिदको लागि २७ सय बुकिङ भै सकेको र १ हजार भन्दा बढीको भुक्तानी समेत भएको आयोजकले जनाएको छ ।
टिकट सिमित मात्रामा मात्र रहेकोले तोकिएका टिकटहरु समयमा नै खरिद गरी नेपाली साँगीतिक आकाशमा आफ्नो छुट्टै इतिहास कायम गरेको नेपथ्य ब्याण्डको टोकियो इन लाइभ कन्सर्ट हेर्नका लागि आयोजक संस्थाले आग्रह गरेको छ।

आयोजकले कन्सर्ट हलको सिट क्षमतालाई मध्यनजर गरेर सकेसम्म अनलाईन टिकट खरिद गर्न अनुरोध समेत गरेको छ। कन्सर्ट हलमा तोकिएको क्षमता भन्दा एकजनापनि बढि दर्शक प्रवेश नपाउने भएकाले टिकट खरिद गरेका सबैमा आयोजकले समयमै उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
अनलाइन टिकट खरिदमा समस्या भएमा टोकियोको सिन ओकुबोमा रहेको बुकी रेष्टुरेन्ट र ओचुकामा रहेको भट्टी लाखे रेष्टुरेन्टबाट समेत भौतिक रुपमा टिकट खरिद गर्न सकिने बताइएको छ।
कन्सर्ट हल ५ बजेबाट प्रवेश खुला हुने र ठिक ७ बजेबाट नेपथ्य व्याण्डको प्रस्तुती सुरु हुनेछ ।
अनलाईन मार्फत टिकट खरिद गरेका सबैलाई अनिवार्य क्युआर कोडको प्रिन्ट मोबाइलमा स्क्रिन सट वा पिडिएफ मध्ये कुनै एउटा लिएर आउन अनुरोध गर्दै डेस्टिनि क्रियशनका इभेन्ट म्यानेजर अशिम बस्नेतले एउटा क्युआर कोड एकपटक मात्र स्क्यान गर्न मिल्ने भएकाले एकैपटक धेरै टिकट खरिद गरेका व्यक्तिलाई पिडिएफमा रहेको फरक फरक क्युआर कोड एक एक जनाले लिएर आउन समेत आग्रह गरेका छन् ।
नेपथ्य व्याण्डको टोकियो कन्सर्टको व्यवस्थापन डेस्टिनि क्रियशनले गरिरहेको छ ।

नेपथ्य व्याण्डले टोकियो सहित नागोयामा नोभेम्बर १३ तारिख र ओसाका शहरमा नोभेम्बर २४ मा पनि लाईभ कन्सर्ट गरिन लागिएको आयोजकले जनाएको छ।
सन् १९९० मा गठन भएर १९९१ देखि सक्रिय रुपमा नेपाली मौलिक गीत संगीत सृजनामा क्रियाशिल नेपथ्य व्याण्डको सन् १९९३ मा सार्वजनिक छेक्यो छेक्यो, एउटा चिट्ठि, १९९५ मा बजारमा आएको जोमसोम बजारमा, चरि मर्यो सिसैको गोलीले देखि २००१ मा आएको रेशम, यो जिन्दगानी सदावहार गीतका रुपमा रहेका छन् ।
भेडाको उन जस्तो, सा कर्णाली, तालको पानी, रातो र चन्द्र सुर्य, कसैले सोधे, मेरो देश, शिरैमा फोटो छ, सालैजो, जोगले हुन्छ भेट लगायत दुई दर्जन बढी गीत नेपाली संगीत क्षेत्रमा सदावहार गीतका रुपमा लोकप्रिय र जनमनमा रुचाइएको गीतको रुपमा रहेको छन ।बजारमा आएको जोमसोम बजारमा, चरि मर्यो सिसैको गोलीले देखि २००१ मा आएको रेशम, यो जिन्दगानी सदावहार गीतका रुपमा रहेका छन् ।
भेडाको उन जस्तो, सा कर्णाली, तालको पानी, रातो र चन्द्र सुर्य, कसैले सोधे, मेरो देश, शिरैमा फोटो छ, सालैजो, जोगले हुन्छ भेट लगायत दुई दर्जन बढी गीत नेपाली संगीत क्षेत्रमा सदावहार गीतका रुपमा लोकप्रिय र जनमनमा रुचाइएको गीतको रुपमा रहेको छन ।



