
टोकियो (क्योदो) — जापानी सुविधा स्टोर ( कोम्बिनियन) चेन मिनिस्टपमा केही खानाको म्याद सकिने मिति नक्कली भएको पाइएकोले लगभग १,६०० पसलहरूमा दैनिक उपभोग्य वस्तुहरूको बिक्री स्थगित गरिएको छ।
जापानी खुद्रा विक्रेता एयन कम्पनीको सहायक कम्पनी मिनिस्टप कम्पनीले अगस्ट ९ देखि ओनिगिरी राइस बल र बेन्टो लन्च र सोमबारदेखि अन्य डेली वस्तुहरूको बिक्री रोकेको बताएको हो। यस अघि बिक्री गरिएका सामग्रीबाट हालसम्म कुनै पनि स्वास्थ्य समस्या आएको सूचना नपाइएको समेत बताएको छ।
“हामी हस्तनिर्मित ओनिगिरी र बेन्तो (खाजा बक्स) खरिद गर्ने ग्राहकहरू, साथै अन्य सम्बन्धित पक्षहरूलाई पर्न गएको उल्लेखनीय असुविधाको लागि क्षमा चाहन्छौं,” मिनिस्टपले एक विज्ञप्तिमा भनेको छ।
केही स्टोर कामदारहरूले घरको भान्छामा सामान तयार पारेपछि लेबलहरू एक देखि दुई घण्टा ढिलाइ गरेर म्याद सकिने मिति बढाएइको पाएको कम्पनीले जनाएको छ। उसले भनेको छ – म्याद सकिने स्टिकरहरू हटाएर तिनीहरूलाई गलत मितिहरू राखे।
जुलाईसम्ममा देशभर १,८१८ स्टोरहरू सञ्चालनमा रहेको मिनिस्टप जापानको प्रमुख सुविधा स्टोर चेनहरू मध्ये एक हो, यद्यपि यो २१,७७० आउटलेटहरू भएको सेभेन-इलेभेन सहित शीर्ष तीन भन्दा धेरै पछाडि छ।
टोकियो, साइतामा, आइची, क्योतो, ओसाका, ह्योगो र फुकुओका प्रिफेक्चरका २३ पसलहरूमा यस्तो कार्य गरिएको पत्ता लागेको छ।



