काभा च्याम्पियन्स लिग : काजकिस्तानको झेइक बिरुद्ध हेल्प नेपालको रोमान्चक जित

-


     घनश्याम गौतम     
     श्रावण ६ गते २०८२


नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा आज भएको खेलमा काजकिस्तानको बिरुद्ध रोमान्चक जित निकालेको छ ।

माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा काजकिस्तानको झेईक भलिबल बिरुद्ध ३–२ को सेटमा रोमान्चक जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले फाईनल यात्रा जिवित बनाएको हो ।

पहिलो सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेटमा झेईकले २५–१८ र २५–२३ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गदैं २५–१८ ले जित निकाल्दै खेलमा फर्कियो ।

डु एण्ड डाई सेटमा सुरुवात देखिनै दवावमा राख्दै १५–११ ले जित निकाल्दै विजयी भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा घरेलू टोलि माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

लिगको तेस्रो खेलमा कीर्गिस्तानको बिश्केक संग ३–२ ले पराजित भएको थियो ।

सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा संचालन भएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपालले लिगको अन्तीम खेल २२ जुलाईमा श्रीलङ्का संग खेल्ने छ । संग प्रतिस्पर्धा गर्ने छ । लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?