काभा च्याम्पियन्स लिग : दोस्रो खेलमा हेल्प नेपालको शानदार जित

-


     घनश्याम गौतम     
     श्रावण ४ गते २०८२


नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ ।

माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गदैं दोस्रो जित निकालेको हो ।
सुरुवाती दुई सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने चौथो सेटमा एचडिसिले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गदैं २५–२२ ले जित निकाल्दै दोस्रो खेलमा पनि विजयी भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा घरेलू टोलि माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा संचालन भएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपालले १९ जुलाईमा कीर्गिस्तानको बिश्केक संग प्रतिस्पर्धा गर्ने छ । लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?