
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन् ।
एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् (२0२५-२0२७) को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको बताए ।
‘संस्थाको विधि, विधान र जापानको कानूनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,’ उनले भने।
आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढाइ सामान्यभन्दा सामान्य व्यक्तिले पनि एनआरएनए जापान मेरो दुःखको पनि सुखको पनि नजिकको साथी भन्ने धारणा विकास गराउने नै मेरो मुख्य उद्देश्य रहने छु गौतमले भने ।

जनहित न्यूजका सम्पादक समेत रहेका गौतम गलकोट समाज जापानका लेखा अनुगमन तथा अनुशासन समितिका संयोजक पनि हुन् । उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औं महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पंजीकृत सदस्यहरुलाई आग्रह गरेका छन ।
विगत २५ वर्षदेखि सञ्चारकर्म, १२ वर्ष गैर सरकारी संस्थाहरुमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत ३ कार्यकाल बाहिर रहि सहयोगीको भूमिका र हाल प्रवक्ताको रुपमा संस्थाको संस्थागत विकासमा पुर्याएको योगदान, अनुभव र सिकाईलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न महासचिव पदमा उम्मेद्वारी दिएको गौतमल बताए ।
गौतमले एनआरएनए केन्द्रका साथै एनसीसी जापानलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने बताए । संस्थाका मौजुदा विधि, विधान नीति नियमको प्रभावकारी कार्यान्वयन गरेर हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन र विधानको समय सापेक्ष रूपमा विज्ञहरूको संलग्नतामा परिमार्जित गरी संघमा रहेका विभाग, कार्यदल, लगायतको प्रभावकारी परिचालनका लागि नियमावली कार्यावधि बनाउन संयोजनकारी भूमिका निर्वाह गर्न आफुले महासचिव पदमा उम्मेद्वारी दिएको उनले बताए ।
यसैगरी नेपाली घर हाम्रो साझा सपना होू भन्ने सोचका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको ड्रिम प्रोजेक्ट अन्तर्गत निर्माणाधीन एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र लाई सम्पन्न गराउन सहयोगीको रुपमा भूमिका निर्वाह गर्न पनि आफु सक्रिय रहने उनको प्रतिबद्धता छ।
बिगतमा समाज तथा संचार कर्म तथा गैरसरकारी सस्थामा रहेर काम गर्दा सफलता र अनुभब प्राप्त गरेको छु गौतमले भने त्यो अनुभब र दक्षतालाई एनआरएन मार्फत सेवामा रुपान्तरण गर्न मलाई महासचिब पदमा बिजयी गराउनुहुनेछ भन्ने बिश्वास छ ।
माशिक, साप्ताहिक तथा दैनिक पत्रपत्रिका, रेडियो र डिजिटल मिडिया मार्फत आफ्नो कर्म र समाज सेवालाई सक्रिय बनाएका गौतमले एनआरएनए केन्द्रका साथै एनसिसी जापानलाई पनि एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने बताए ।




