
टोकियो/ “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६) का लागि सातौ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ।
अब आउने नया कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाऊपालिका भित्रका सबै वडाबाट उपस्थिति बनाउनका साथै अपनत्व सहितको समाज निर्माण गर्नका लागि सहभागिता रहेकोले त्यसको आवश्यक तयारीमा जुटेको क्षेत्रीय समितिका अध्यक्ष राजु बस्नेतको भनाई छ।
यस क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्नका लागि गलकोट समाज जापानका संरक्षक नर बहादुर थापाको संयोजकत्वमा गलकोट समाज जापानका केन्द्रीय सचिव डिलाराम निउरे र क्षेत्रीय समिति टोकियोका सल्लाहकार दुर्गा बहादुर खत्री सदस्य रहने गरि निर्वाचन समिति बनाएको सचिव दिपक सुवेदी(विप्लप)ले जानकारी दिए।
निर्वाचन समितिले आफुलाई प्रदान गरिएको जिम्मेवारीलाई पुरा गर्नका लागि आवश्यक गृहकार्यको सुरुवात गरेको निर्वाचन समितिका संयोजक नर बहादुर थापाले बताए। अबका केही दिनमा निर्वाचन समितीले निर्वाचन प्रकृयामा जानका लागि कान्तोबासी गलकोटेहरु बिचमा निर्वाचन आचारसंहिता, गठन प्रकृया, उमेदवारको योग्यता र उमेदवारी शुल्क, उमेदवारी दर्ता अन्तिम मिती, अन्तिम नामावली प्रकाशन, उमेदवारी माथि दाबि विरोध, उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन सम्पुर्णको मिति र समय लगायतका विषयलाई संस्थाको पेजबाट सार्वजनिक समेत गर्ने तयारीमा रहेको संयोजक थापाले जानकारी गराए ।



