साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

-


     जनहित न्युज    
     असार १४ गते २०८०


साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ ।

अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए ।

त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ ।

मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलाइएको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । उद्यपी उनको पहिचान खुलाइएको छैन ।

रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?