टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

-


     जनहित न्युज    
     जेठ २७ गते २०८०


जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थलमा दुई वटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजे थाइल्याण्डको राजधानी बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ ।

विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?