
फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ’ सुरक्षा स्रोतले भन्यो । विमान त्रिभुवन विमानस्थलबाट दुवहीका लागि उडेको थियो ।
स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।



