जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गयो, ८ जना घाइते

-


     जनहित न्युज    
     वैशाख ७ गते २०८०


जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिएका छन ।

ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।

सख्त घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ ।

त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाच्चिएको हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरिडोरमा पर्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?