
सर्वसुलभ रूपमा ८६ वटा विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको सबैका लागि शिक्षा कार्यक्रम समता स्कूलले जापानमा समेत आफ्नो सेवा विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
समता स्कूलमा आफूलाई शिक्षा सेवकको रूपमा परिचित गराउने उत्तम संजेलको उपस्थितिमा जापानको टोकियोमा सबैका लागि शिक्षा कार्यक्रम समता स्कूल स्थापनाको सम्भावना अवसर र चुनौतीका बारेमा एक अन्तरक्रिया कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।

नेपालका ७७ जिल्लामा ८० वटा र अन्य देशमा ६ गरी ८६ वटा विद्यालयको स्थापना गरि मासिक एक सय रूपैयामा अग्रेजी माध्यमबाट एक कक्षादेखि स्नाकोत्तरसम्मको अध्यापन गराउदै गराउदै आएको जानकारी दिदै शिक्षा सेवक संजेलले भने- पछिल्लो दिनमा जापानमा नेपालीको उपस्थिति बढिरहेको र बालबालिकाको आगमनपनि सोहि अनुपातमा भैरहेकोले समता स्कूलको आवश्यकता मैले देख्छु, त्यस त्यसका लागि जापानमा रहेका सरोकारवालाको सहयोग रहेमा स्कूल संचालनको आवश्यक प्रक्रिया सुरु गर्नेछु ।
“हाल पैसठ्ठी हजार बिधार्थीले अध्ययन गरिरहेका छन।”उनले भने- जापानमा रहेका नेपाली बालवालिकालाई सस्तो मूल्यमा गुणस्तर शिक्षा प्रदान गर्न अब ढिला गर्नु हुँदैन ।

एनआरएनए जापान र जापान नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले समता स्कूलले नेपालको शिक्षाको क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गर्दै जापानमा रहेका नेपाली बालबालिकालाई आफनो देशको पाठ्यक्रम सस्तों र सुलभ तरिकाले प्रदान गर्न समता स्कूल र त्यसका अभियन्ता संजेललाई क़ानून भित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालको भाषा सस्कृति र शिक्षालाई प्रवासमा समेत विस्तार गरेर नेपालीपनलाई जोगाउन समताले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै आफूहरूले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र योगदान पुर्याउने बताए ।

यसरी बोल्नेहरूमा एनआरएनए आईसीसीका उपाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, एभरेष्ट स्कुल जापानका संस्थापक अध्यक्ष भुपालमान श्रेष्ठ रहेका थिए । कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीले र सन्चालन एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठले गरेका थिए । समता स्कूलको बारेमा उत्तम संजेलले केही डकुमेन्टी सहित प्रकाश परेका थिए ।







