जापानमा टापुहरूको संख्या ७ हजार बढी

-


     जनहित न्युज    
     चैत्र ११ गते २०७९


जापानले आफ्नो देशको राजनीतिक नक्साभित्रका टापुहरुको संख्या पुनः गणना गरेको छ। 

३५ वर्षअघि सन् १९८७ मा टापुको संख्या गणना गरेको जापानले पुनः गणना गर्दा देशमा दोब्बर बढी अर्थात् ७ हजार बढी टापु भेटाएको छ। जापानको जिओस्पेसियल इन्फरमेसन अथोरिटी जीएसआईले गरेको सूचना संकलनबाट जापानी क्षेत्रमा १४ हजार १ सय २५ टापु फेला परेका छन्। 

१९८७ मा कोस्ट गार्डले निकालेको तथ्यांकमा टापुको संख्या ६ हजार ८ सय ५२ थियो। जापानले आफ्नो नयाँ प्रविधिले जापानमा टापुको संख्या धेरै देखिए पनि देशको नक्सा र समग्र भूमिको क्षेत्र भने परिवर्तन नभएको बताएको छ। 
जापान समुद्रको बीचमा टापु नै टापु मिलेर बनेको देश हो। जापानले आफ्नो दाबी गर्ने कतिपय टापुमा भने विवादसमेत रहेको छ। 

दक्षिणी कुरिल टापुमा रुसको नियन्त्रण रहेको छ, जसलाई जापानले आफ्नो दाबी गर्दै आएको छ भने पूर्वी चीन सागरमा रहेको निर्जन सेन्काकु टापुमा समेत विवाद छ। पूर्वी सागरका केही टापु क्षेत्रमासमेत कोरियासँग विवाद रहेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?