
जापानको राजधानी टोकियोमा एक कार्यक्रमाका बिच खेमराज ओझाको पहिलो उपन्यास अपराजितको बिमोचन गरिएको छ।
कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही तथा कृति लेखक खेमराज ओझाले एक कार्यक्रममा संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन् ।
अपराजित उनको प्रकाशित पहिलो उपन्यास हो।जापानजस्तो ब्यस्त शहरमा रहेर पनि लेखन कार्यलाई निरन्तरता दिई उपन्यास प्रकाशन गर्नु गौरवको विषय भएकोमा समाजका अध्यक्ष शाही बधाई तथा शुभकामना व्यक्त गरे ।
नेपाली युवाहरु बिदेशिनुको बाध्यता र बिदेशमा सहनु पर्ने हन्डर ठक्कर तथा हेपुवा चेपुवालाई सरल भाषामा उपन्यासमा प्रस्तुत गरिएको बताउदै शाहीले भने-दुख सुख र प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरिएकोले पाठकहरुले उपन्यास मन पराउने छन।
एकदशकदेखि जापानलाई कर्मभुमी बनाएर कार्यरत ओझा ओझा पश्चिम नेपालको डोटी जिल्लामा जन्मेका हुन । उनी पत्रकार समेत हुन्। उनका अन्य प्रकाशनोन्मुख उपन्यास र केही गीतहरु समेत रहेका छन ।



