जापानमा सन् २०२२ मा आत्महत्या गर्ने युवा विद्यार्थीहरूको संख्या उच्च  

-


     जनहित न्युज    
     फागुन ३० गते २०७९


जापानमा सन् २०२२ मा १८ वर्षमुनिका ५१४ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको छ । युवाहरूले गरेको यो आत्महत्याको संख्या हालसम्मकै उच्च रहेकोले जापानमा डरलाग्दो अवस्था रहेको पाइएको यससंग सम्बन्धित जानकारहरूको भनाई छ ।
मार्च १४ मा सार्वजनिक गरिएको कल्याणकारी मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९८० मा सर्वेक्षण सुरु भए यताको यो सङ्ख्या पहिलो पटक ५०० पुगेको हो। सरकारी सर्वेक्षणले ६ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूका लागि विद्यालयलाई समेटेको छ।
तथ्यांक वर्गीकरणका अनुसार ३५४ हाई स्कूलका विद्यार्थीहरू मुख्यतया १५ र १८ बीचका थिए र १४३ जुनियर हाई स्कूलका विद्यार्थीहरू सामान्यतया १२ देखि १५ वर्षका थिए।
COVID-19 महामारी सुरु भएपछि यो संख्या २०२० मा १०० बाट बढेर ४९९ पुगेको हो । सन् २०२२ मा देशमा कुल आत्महत्या २१,८८१ पुग्दा २०२१ को तुलनामा ८७४ अर्थात् ४.२ प्रतिशतले आत्महत्याको संख्यामा वृद्धि भएको हो ।
अधिकांश मानिसले विभिन्न कारणले आफ्नो जीवन समाप्त गर्ने गरेको मन्त्रालयले १२,७७४ घटनामा स्वास्थ्य समस्या प्रमुख कारण रहेको बताएको छ भने ४ हजार ७ सय ७५ मृत्युमा पारिवारिक समस्या र ४ हजार ६९७ मा आर्थिक संकटले भूमिका खेलेको उल्लेख गरेको छ ।
लिंगको आधारमा हेर्दा १४ हजार ७४६ पुरुष र ७१३५ महिलाहरूले आफ्नो ज्यान आफै लिएका थिए । पुरुषहरूले १३ वर्ष यता पहिलो पटक ८०७ जना पुरुषले आत्महत्याको गरेर वार्षिक रूपमा वृद्धि भएको तथ्यांकमा देखाइएको हो । महिलाहरूको संख्यामा भने २०२२ मा ६७ ले लगातार तीन वर्षमा बढेको छ।
आत्महत्या दर देशभर प्रति १ लाख व्यक्तिहरूमा १७.५ रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ०.८ ले बढेको हो। पुरुषहरूको आत्महत्या २०२१ भन्दा १.५ बढी हो।
प्रिफेक्चर आधारमा यामानाशीमा २४.७ प्रतिशतसहित उच्च रहेको र त्यसपछि अकिताले २३.७ र मियाजाकीले २२.७ मा रहेको थियो।
जापानमा पहिलो पटक आत्महत्या गर्ने युवा विद्यार्थीहरूको संख्या उच्च

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?