
गलकोट समाज जापानले ११३औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा “गल्कोटमा महिलाको अवस्थाः हिजो,आज र भोलि ” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
गलकोटमा जन्मिएर विश्वभर रहेका र समाजमा आफ्नो विभिन्न पहिचान बनाएका महिलाको सहभागितामा मार्च ८ अर्थात् बुधवार भर्चुवल रूपमा सो कार्यक्रम गर्न लागिएको समाजकी उपाध्यक्ष चन्द्रा अधिकारी केसीले जानकारी दिइन ।
“११३औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा गल्कोट समाज जापानले पनि ११३औं अन्तराष्ट्रिय नारी दिवस विश्वभर छरिएर रहनु भएका गल्कोटे दिदीबहिनीहरुको सहभागितामा अनलाईन मार्फत अन्तरक्रिया कार्यक्रमको माध्यमबाट गर्न लागिरहेका छौ ।” उनले भनिन- विश्वभर आ-आफ्ना कर्मका लागि छरिएर रहनु हुने महिलालाई कार्यक्रममा जोडिएर अनुभव साटासाट गर्नेछौ ।
गलकोटको विगतलाई सम्झिदै वर्तमानमा महिलाको अवस्था के कस्तो छ र आगामी दिनमा महिलाको हक़ अधिकार र समाज सुदृदीकरणमा पुर्याउन सक्ने योगदानको बारेमा अन्तर्कृया कार्यक्रम केन्द्रित हुने समाजकी अध्यक्ष कालिका थापाले बताइन् ।
समाजले जापानमा रहेका नेपाली समुदायमा रक्तदान सामाजिक सेवाका कार्यक्रम जन्मस्थानमा स्वास्थ्य शिक्षा मानवीय सेवा लगायतका क्षेत्रमा आफ्नो स्थापना कालदेखि सक्रियतापूर्वक काम गरिरहेको र गत वर्षदेखि नारी दिवशका अवसरमा अन्तर्क्रिया कार्यक्रम गर्दै आइरहेको छ ।
समाजमा महिलाको वर्तमान अवस्थालाई चित्रण गराउन, अधिकार आर कर्तव्यका बारेमा सचेतना फैलाउन र महिला माथि हुने हिंसालाई न्यूनीकरण गर्दै उनीहरूको स्वस्थ र कानूनी पक्षमा आवश्यक जानकारी दिनका लागि कार्यक्रम सफल रहेकोले यस वर्ष पनि कार्यक्रम गरिएको प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।
कार्यक्रमको गल्कोट समाज जापान र जनहित न्यूज डटकमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गरिने छ । कार्यक्रम नेपालको समय अनुसार साँझ ठिक ६ र जापानको राती ९ः१५ बजेबाट शुरु हुने छ।



