जापानमा यस वर्ष साकुरा ३० वर्ष यताकै सामान्यभन्दा चाँडो फुल्ने

-


     जनहित न्युज    
     फागुन २० गते २०७९


यस वर्ष जापानमा चेरी अर्थात् साकुरा फूलहरू सामान्यभन्दा चाँडो फुल्ने अपेक्षा गरिएको मौसम सूचना कम्पनी वेदरन्यूज बताएको छ ।
मार्च र अप्रिल महिनामा तापक्रम सामान्यभन्दा बढी हुने अनुमान गरिएको हुनाले विगत ३० वर्षको यताको तुलनात्मक अध्ययनको आधारमा औसतभन्दा पाँच दिन अघि साकुरा फूल फुल्ने अपेक्षा गरिएको सो कम्पनीले जनाएको हो।

वेदरन्यूजका अनुसार प्रमुख शहरहरूमा साकुरा फूलहरू साप्पोरोमा अप्रिल २५, अकितामा १४, सेन्दाईमा ३ अप्रिल, टोकियोमा १८ मार्च, योकोहामामा १९ मार्च, कानाजावामा ३० मार्च, नागोयामा २० मार्च, क्योटोमा २३ मार्चमा फुल्ने पूर्वानुमान गरिएको छ। त्यसैगरि मार्च २३ ओसाका, मार्च २१ हिरोशिमा, मार्च २३ ताकामात्सु, मार्च १८ फुकुओका र २१ मार्च कुमामोतोमा साकुरा फूल फुल्ने वेदरन्यूज जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?