डोटी जिल्लाका भुकम्प प्रभावित विद्यार्थीलाई एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीले गर्यो शैक्षिक सामाग्री वितरण

-


     जनहित न्युज    
     फागुन १० गते २०७९


गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका बिभिन्न विद्यालयका ५० जना विद्यार्थीहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ।

“भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण” कार्यक्रममा एनआरएनए जापान तोचिगीका उप संयोजक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष घिमिरेले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकाका ७ वटा विद्यालयका ५० जना विद्यार्थीहरूलाई छात्रवृति स्वरूप शैक्षिक सामग्री प्रदान गरेका गरेका थिए । 

श्री पवित्र आवासीय विद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडामाण्डौ माध्यामिक बिद्यालय ,श्री तेडी प्राथमिक विद्यालय र श्री बाजकोटी आधारभुत विद्यालयका विद्यार्थीहरूलाई विद्यालयको पोशाक, झोला र खेलकुदका सामाग्रीहरू बितरण गरिएको तोचिगी क्षेत्रीय समितिका संयोजक मन्दिप क्षेत्रीले जानकारी दिए । डोटी जिल्लाको रेडक्रससंग समन्वय सो शैक्षिक सामग्री वितरण गरि गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला सभापति खडक बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका मन्त्री सुवाश श्रेष्ठ प्रशासन अधिकृत प्रकाश बहादुर के सी तथा रुपन्देही जिल्लाको बुटवलमा व्यवसाय गरेर बस्ने समाजसेवी रमेश अर्याल र राजेन्द्र अर्याल उपस्थिति रहेको समितिका सचिव उत्तम खनालले जानकारी दिए।

यस कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने हुने तोचिगी नगर शिक्षा शाखाका उप प्रमुख केनईची यामागुची र एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नबिन न्यूरेलाई बिशेष धन्यवाद ब्यक्त गर्दै विद्यार्थी भाइबहिनीहरूको शैक्षिक सफलताका साथै उज्जवल भषिष्यको कामना गरिएको संयोजक क्षेत्रीले बताए ।  

देशको बिकट जिल्लामा परेको पिडाले प्रवासमा हामीलाई पनि पिडा भएको र भोलिका कर्णधारहरूको शिक्षामा केहि मात्रामा भएपनि सहयोग होस भन्ने हेतुले यो शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक घिमिरेले बताए । 

कार्यक्रमको लागि करिब २० मान येन नेपाली २ लाख बराबरको शैक्षिक सामग्री प्रदान गरिएको कोषाध्यक्ष प्रकाश जंग सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?