
Canadian Prime Minister Justin Trudeau pauses as he signs a book of condolences for former Japanese Prime Minister Shinzo Abe at the Japanese embassy, Tuesday, July 12, 2022, in Ottawa, Ontario. Abe was fatally shot last week in western Japan while giving a campaign speech. (Adrian Wyld/The Canadian Press via AP)
घटनाको करिब सात महिनापछि जापानी प्रहरीले पूर्वप्रधानमन्त्री आबे सिन्जोको गोली हानी गरिएको हत्याको अनुसन्धानलाई चाँडै टुङ्ग्याउने बताएको छ।
गत वर्ष जुलाई २०२२ मा माथिल्लो सदनको चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेलाई नारा शहरमा गोली हानी हत्या गरिएको थियो। सो शहरका बासिन्दा ४२ वर्षीया यामागामी तेत्सुयालाई जनवरीमा हत्या र अन्य आरोपको अभियोजनसहित अभियोग लगाइएको थियो।
पूर्व प्रधानमन्त्री आबेको हत्या हुनुभन्दा एक दिनअघि यामागामीले युनिफिकेशन चर्च भनेर चिनिने धार्मिक समूह रहेको नाराको एउटा भवनमा गोली चलाएको प्रहरीले पुष्टि गरेको अनुसन्धानसँग नजिक स्रोतले बताएको छ ।
त्यहाँ चुनावको लागि प्रचार गरिरहेको बेला पूर्वप्रधानमन्त्री आबेलाई गोली हानेको अघिल्लो दिन ओकायामा शहरमा भ्रमण गर्दा यामागामीले हातले बनाएको हतियार बोकेको पनि आशंका गरिएको छ।
स्रोतका अनुसार प्रहरीले यामागामीविरुद्ध सम्पत्ति क्षति, अवैध हातहतियार राखेको र सार्वजनिक स्थानमा निर्वाचन ऐन उल्लङ्घन गरेको आरोपमा थप मुद्दा क्षेत्रीय अभियोजनकर्तामा पठाउने निर्णय गरेको छ ।
अभियोजकहरूले यी आरोपहरूका लागि उनलाई अभियोग लगाउने कि नगर्ने निर्णय गर्नेछन्।



