जापानमा आफ्नै सहपाठी विद्यार्थीलाई सडकमा छुरा प्रहार, हत्या प्रयास गरिएको आशंकामा नाबालक पक्राउ

-


     जनहित न्युज    
     माघ २३ गते २०७९


टोकियो नजिकैको कावासाकी सहरको आसाओ वार्डमा रहेको हाईस्कुलमा अध्ययनरत एक पुरुष विद्यार्थीको टाउकोमा चक्कु प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १६ वर्षीय पूर्व सहपाठी पक्राउ परेका छन् ।
बिहान ८ः१५ बजे कावासाकी शहरको आसाओ वार्डस्थित सडकमा विद्यालय जाँदै गरेका १६ वर्षीय उच्च माध्यमिक विद्यालयका किशोर विद्यार्थीलाई अचानक टाउकोको पछाडिबाट छुरी प्रहार गरी हत्याको प्रयास गरिएको थियो ।
संदिग्ध पनि पीडितका पूर्व सहपाठी हुन् तर अहिले फरक माविमा पढिरहेका छन् । हत्याको प्रयास गरेर छुरा प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल नजिकैका प्रत्यक्षदर्शी र सुरक्षा क्यामेराको फुटेजको विश्लेषण गरी अनुसन्धान गर्दा एक किशोर घटनामा संलग्न भएको आशंका गरिएको थियो । उक्त आशंका गरिएको युवक घाइते विद्यार्थीसँग परिचित रहेको त्यसैले हत्या प्रयासको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।
घटनास्थल नजिकै रहेका ४० वर्षका एक व्यक्तिले भने-“बिहान ८:४० बजे करिब ५ वा ६ केटाको एउटा समूहले टाउको समातेर एकजना विद्यार्थीलाई सोधिरहेको थियो, ‘तिमी सन्चै छौ भन्दै ठूलो आवाज निकालिरहेका थिए, घाइते विद्यार्थी हतारमा थिए जस्तो लागेन, र तिनी आफैं हिँडेर एम्बुलेन्समा चढे।”
घटना हुनु अघि झगडाको कुनै संकेत देखिएको थिएन एक प्रत्यक्षदर्शीले भने आक्रमणकारी पैदल हिडेर घटनास्थलबाट भागेको देखेको प्रहरीलाई बताए।आक्रमणमा प्रयोग भएको छुरा घटनास्थलमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारीले कालो डाउन ज्याकेट र सेतो हुडी लगाएका थिए। पक्राउ परेका १६ वर्षीय किशोरलाई बालबालिका ऐनका आधारमा कारबाही अगाडि बढ्नेछ, प्रहरी र अभियोजकले सोधपुछ गरेपछि उक्त व्यक्तिलाई पारिवारिक जिन्मेवारीमा अदालतमा पठाउने र अदालतबाट फौजदारी रूपमा जिम्मेवार ठहर्‍याउने कानूनी व्यवस्था रहेको छ ।
सोधपुछका क्रममा आरोपित किशोरले आरोप अस्वीकार गर्दै भने, ‘मलाई यस बारेमा केहि थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?