
मानिस बिभिन्न गतिविधीका कारण चर्चामा आउने गर्छन। कसै कसैमा त झन बहुआयामिक प्रतिभानै हुने गर्छ । त्यसै मध्येका एक हुन् मनोज केसी । अध्ययनको सिलसिलामा जापान आएका केसी उनको बहुआयामिक प्रतिभाका कारण चर्चामा छन्। जापानको नागोया शहरमा रहदैं आएका केसी विभिन्न सामाजिक गतिविधीमा कृयाशिल छन्। संगै उनि उत्कृष्ट भलिवल र फुटवल खेलाडी समेत हुन्। जापानमा भएका धेरै प्रतियोगिताहरुमा उनि बिजयी हुँदै पुरस्कृत भई सकेका छन्।
स्वास्थ्यका लागी पनि खेल जरुरी छ , त्यसैले यस क्षेत्रमा पनि मेरो लगाव भयो केसी बताउँछन् । जापानमा व्यवशाय गरेका उनि गलकोट समाज , जापान, नेपाली व्यवशायी संघ लगाएत संघ संस्थाको नेतृत्व तहमा रहि काम गरि रहेका छन्।
पछिल्लो समय भने उनले गाएको गितका कारण उनि चर्चाको शिखरमा छन्। घर त गैरी गाँउ बोलको उक्त गित सामाजिक सञ्जाल अझैं टिकटकमा भाईरल नै भएको छ। उनि गायन संगै गित लेखन, नृत्य तथा अभिनयन एवं कार्यक्रम उद्घोषण पनि उस्तै पोख्त छन्।
घर त गैरी गाँउ बोलको उक्त गितको बोल मनोज केसी र आरके गुरुङ्गको शब्द रचना रहेको छ। म्यूजिक भने आरके गुरुङ्गले गरेका हुन्। गितमा आबाज भने मनोज केसी र अस्मिता अधिकारीको रहेको छ। गितको छायाङ्कन नबराज उप्रेतिले गरेका छन् भन्ने म्यूजिक भिडियोको निर्देशन दिपेन्द्र तिमल्सेनाको रहेको छ।
बिगत २ दशक देखी मौलिक गित संगितमा लागि पर्दै शब्द, लय, स्वर र संगीत समियोजन सहित गर्दै आएका गायक मनोज केसी र आर के गुरुङले यो पटक भने केही फरक शैली गित लिएर प्रस्तुत भएका छन। केसीले बि.स २०६१ सालमा माइली रोधिघरमा सँगै नाचौला कौर्हा मौलिक गित बाट साँगितिक यात्रा शुरु गरेका थिए । गायक केसी र गुरुङ्गले १५ बर्ष अघि देखी सँग -संगै साँगितिक सहकार्य लाई निरंतरता दिदैं आएका छन्। हेर्दैमा राम्रो बागलुङै बजार (सालैजो), बज्यो मादल मायाको गाउँमा (झ्याउरे), गल्कोटै गाउँको (सालैजो), माइली रोधिघरमा (रि-मेक), ज्ञानी माया (पञ्चेबाजा) र बस है माया (सालैजो) जस्ता मिठा -मिठा मौलिक भाकाहरु यस अघि आई सकेको छ।
घर त गैरी गाँउ बोलको गितको रेकर्डिङ कार्य अहिलेको आधुनिक सिस्टम रहेको १ डिबि यच डि स्टुडियोमा सम्पन्न गरिएको छ। जसमा HBN किस्मतले संगीत समियोजन र मिक्सिङ गरेका हुन्। गितमा अभिनय तर्फ चर्चित कलाकारहरु गणेशमान घले, रमेश थापा, जुना सुन्दास र आयुस्मा कार्की लगाएतको अभिनय रहेको छ।
करिब ९ मिनेट समयको म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुङ्जको ढाप ताल र प्रकृति रिसोर्टमा छायान्कन गरिएको छ l एक हप्तामा लगभग २ लाखले हेरि सकेको बताईएको छ। गायक मनोज केसी गल्कोट मल्म स्थायी घर भई सन् २०१२ देखि जापानको नागोयामा रहदैँ आएका छन्।



