धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न,श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

-


     जनहित न्युज    
     माघ १५ गते २०७९


धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । आईतबार टोकियोमा सम्पन्न भएको ५ औँ अधिवेशले श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।निर्वाचित हुने कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा सुशान्त बानियाँ र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सह-कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश पण्डित,कृष्ण बहादुर मगर,राम बहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश बहादुर अधिकारी,पशुपति थपलिया,प्रविण नेपाल र माधव ढकाल चयन भएका छन् ।

अधिवेशन संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।भने अन्तरराष्ट्रिय धादिङ समाज महासचिव राजेन्द्र श्रेष्ठको विशेष आतिथ्यता तथा ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी,धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी,श्याम सितल,राजन गौतम,शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

पत्रकार महासंघ तथा धादिङ समाज जापानका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतमलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?