एक सय वर्ष पुरानो जापानी पत्रिका बन्द हुने

-


     जनहित न्युज    
     माघ ८ गते २०७९


जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ ।

असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ ।

सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो ।

प्रकाशकका अनुसार सन् १९५० को दशकमा साप्ताहिक शुकान असाहीको सर्कुलेसन १० लाख नाघेको थियो तर गत डिसेम्बरमा पत्रिकाको ७४ हजार १२५ प्रति मात्र बिक्री भएको थियो ।सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?