
एकदिन अघि मात्रै ‘भोली पोरामा रमाईलो गर्नुपर्छ’ भन्दै फेसवुकमा स्ट्याटस लेखेकी दोहोरी गायिका निरा छन्त्यालसमेत आईतवारको विमान दुर्घटनामा परेको खुलेको छ। पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ।
माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन ।
‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भन्नुभएको रैछ । तर उसको कहिल्यै फोन आएन,’ बागलुङ स्थित घरमा रहेकी हीराले भनिन, विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरा पुगेको उनले जानकारी दिइन ।
उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । बाग्लुङको बडिगाड़ गाउपालिका सिसाखानी घर भएकी गायिका छन्त्यालको नाम यात्रु सूचीको ११ नम्बरमा छ।
गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।



