६५.२४ सेन्टिमिटरका अफसिन बने विश्वकै होचा व्यक्ति

-


     जनहित न्युज    
     पौष ३ गते २०७९


विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् ।

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुसी छन् । 

अफसिन स्मार्टफोन चलाउन सिपालु छन् । तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ । गाउँमा उनका लागि कुनै काम छैन । उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन् । एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन् ।

स्थानीयबासीमाझ अफसिन निकै लोकप्रिय छन् । तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन् । त्यसैले बुबा आमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ । उनी आफै हिँड्न सक्छन् । तर, कहिलेकाहीँ अरूले बोकेको मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?