
फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।
अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाका इन्जो फर्नान्डेजले गरेको आत्मघाती गोलका कारण अस्ट्रेलियाले एक गोल फर्कायो ।

खेलको ३५ औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्। अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
अर्जेन्टिनाका इन्जोले ७७ औँ मिनेटमा आत्मघाती गोल गरे ।अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।
जारी विश्वकपका सुरुका दुई खेलमा एक एक गोल गरेका मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। उनले डीएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पछाडि पारेका छन्।
२० वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै

अमेरिकाको २० वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना फेरि पनि अधुरै रहेको छ। शनिबार राति नेदरल्याण्डस्सँग ३–१ ले पराजित हुँदै अमेरिका लगातार चौथोपटक नकआउट चरणबाट घर फर्किएको हो।
१२ औँ पटक विश्वकप खेलेको अमेरिका लगातार चौथो पटक नकआउट चरणबाट बाहिरिएको हो। सनु १९३० को पहिलो सहभागितामा नै सेमिफाइनल पुगेको अमेरिका दोस्रो संस्करणमा नकआउट चरणसम्म पुगेको थियो।
सनु १९५०, १९९०, १९९८ र २००६ मा समुह चरणबाटै बाहिरिएको अमेरिका २००२ को इतिहास दोहोराउने योजनामा थियो।
२००२ मा क्वार्टरफाइनल खेलेको अमेरिकाले त्यसयता एक पटक समुह चरण र चार पटक नकआउट चरण पार गर्न नसकेको हो।
समूह बी को उपविजेताको रुपमा नकआउट पुगेको अमेरिकाका लागि क्वार्टरफाइनल पुग्ने सपनामा यो पटक नेदरल्याण्ड्स बाधक बन्यो।
खेलको १० औँ मिनेटमा एम्फीस डिपेको गोलमा पछि परेको थियो।
पहिलो हाफको अतिरिक्त समयमा डली ब्लिन्डको गोलमा २–० ले पछि पर्यो। तर ७६ औँ मिनेटमा हाजी राइटले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
८१ औँ मिनेटमा डेन्जेल डम्फ्रिजको गोलमा नेदरल्याण्डले ३–१ ले अग्रता बनायो। त्यसपछि खेलमा फर्कन नसकेको अमेरिका कतार विश्वकप २०२२ को नकआउट चरणबाटै बाहिरियो।



