
टोकियो विश्वविद्यालयको क्याम्पसमा एकजना प्रसिद्ध जापानी प्राध्यापकमाथि धारिलो वस्तुद्वारा आक्रमण गरि गम्भीर घाइते बनाईएका छन र आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ।
टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका प्रख्यात समाजशास्त्री र सो संकायका सदस्य ६३ वर्षीय प्रोफेसर शिन्जी मियादाईलाई हाचियोजीस्थित मिनामी-ओसावा क्याम्पसमा दिउसो करीब ४ः२० बजेतिर घाँटीमा धेरै चोटपटक लागेको अवस्थामा फेला परेको महानगरीय प्रहरी विभागले जनाएको छ।
चोटपटकका कारण उनकोज्यान जोखिममा नरहेको र उनको हत्याको प्रयास गरेको आशंकामा आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार मियादाई क्याम्पसको प्रांगणमा हिडिरहेको अवस्थामा २० देखि ३० वर्ष उमेर समूहको १८० करिब सेन्टिमिटर अग्लो, छोटो कपाल र कालो ज्याकेट र प्यान्ट लगाएको संदिग्ध व्यक्तिले उनको टाउकोमा पछाडिबाट धारिलो वस्तुले प्रहार गरि आक्रमण गरेको प्रहरीले बताएको छ ।
आक्रमणमा परेका मियादाई हाईस्कूलका युवतीहरूले अन्य वृद्ध पुरुषहरूसँग सशुल्क सम्बन्धमा रहन सकने आशय आफनो पुस्तकमा समावेश गरेर सन् १९९० को मध्यतिर आफ्नो विवादास्पद कामका कारण चर्चामा आएका थिए साथै उनी टेलिभिजन र रेडियोमा सक्रिय छन र एक चलचित्र समीक्षक पनि हुन ।
उनले AUM Shinrikyo कल्टको बारेमा पनि लेखेका छन्, जसले मार्च 20, 1995 मा टोकियो सबवे प्रणालीमा सारिन ग्यास हमला हुदा १४ जनाको ज्यान जानुका साथै ६ हजार भन्दा बढी मानिसहरूलाई घाइते भएका थिए।
जापानका अन्य युनिभर्सिटीको तुलनामा यस युनिभर्सिटीमा सजिलैसँग आउन र जान सक्ने र गेट सधैं खुला रहनुका साथै सुरक्षा कर्मचारीले विद्यार्थी आईडी समेत सोध्दैनन्।



