
यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले गरेको प्रारम्भीक छनोटमा गलकोटका युवा खेलाडि रवि केसी छनोट भएका छन् ।
नेपाल भलिबल संघले बंगलादेशको ढाकामा पुस पहिलो साता आयोजना हुने काभा यू २३ पुरुष भलिबल च्याम्पियनसिपका प्रारम्भिक चरणमा छनोटमा परेका २० खेलाडी सूचि सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो ।
काभा यू-२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुँदैछ । बन्द प्रशिक्षण आइतबारदेखि नै शुरु भएको संघले जनाएको छ । बन्द प्रशिक्षणको केही दिनपछि नै अन्तिम टोली छनोट हुनेछ ।
गलकोट भलिबलबाट चर्चा कमाएका रवि केसी पछिल्लो समय गण्डकी प्रदेशबाट खेल्दै आएका छन् । गण्डकी प्रदेश भलिबल टिमका सदस्य समेत रहेका गलकोट नगरपालिका-७ मल्मका केसी सहित धिरोज कुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, विष्णु बस्नेत, गोविन्द टमाटा, सफल विक, सन्तोष महता, तेज नाथ, सुरेन्द्र भाट, मनिष मानन्धर, हेमन्त मल्ल, प्रेम प्रसाद गौतम, रुप बहादुर गुरौ, वेद प्रकाश जोशी, सम्राट भण्डारी, सुभास कुँवर, गौरव पाण्डे, भीम राज गुरुङ र विशाल भण्डारी अन्तीम २० खेलाडिमा छनोट भएका छन् ।
संघले बन्द प्रशिक्षणबाट केही दिनमै अन्तमी १२ खेलाडिको सूचि सार्वजनिक गर्ने जनाएको छ ।



