
पूर्व प्रधानमन्त्री शिन्जो आबे शुक्रबार बिहान पश्चिमी जापानको सडकमा भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले आक्रमण गरेपछि बेहोस भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।
आइतबार हुने निर्वाचनको प्रचारप्रसारका क्रममा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी अभियानको लागि बिहान ११:३० बजे भाषण दिने क्रममा पूर्व जापानी प्रधानमन्त्री आबे पश्चिमी सहर नाराको शहरको यामातोसैदाइजी स्टेशन नजिकैको सडकमा पछाडिबाट गोली प्रहार भएको हो ।

गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको नारा प्रान्त प्रहरीले जनाएको छ ।
आबे स्टेशनको उत्तर पट्टीबाट उभिएर भाषण गरिरहेको अवस्थामा प्रहार गरेको २ राउण्ड गोली उनको छातीमा लागेको जिजी प्रेसले जनाएको छ । गोली लागेर भुइँमा लडेपछि उनलाई अस्पताल लगिएको हो । उनको घाँटी नजिकबाट रगत बगेको र मुटुको धड्कनको उपचार भैरहेको जानकारी पनि आएको छ ।







