
जापानका प्रमुख खाद्य तथा पेय पदार्थ उत्पादकहरूले जुनदेखि ३ हजार ६ सय १५ वस्तुको मूल्यवृद्धि गर्ने योजना बनाएका छन्, यो संगै कच्चा पदार्थको बढ्दो मूल्यका कारण यस वर्ष मूल्य वृद्धि भएको वस्तुको कुल संख्या ८ हजार ४ सय पुग्ने अनुमान गरिएको छ।
एक क्रेडिट अनुसन्धान फर्मले गरेको सर्वेक्षण अनुसार १०५ वटा खाद्य र ४ हजार ७ सय ७० वटा पेय पदार्थ उत्पादकहरू कम्पनीहरूले जनवरी देखि मे सम्म वस्तुहरूको मूल्य बढाइसकेका छन । मूल्यवृद्धि भएका मुख्य वस्तुहरूमा मसला, तरकारी, मासु र माछादेखि मिठाई र अल्कोहल पेय पदार्थहरूको रहेका छन ।
यो वर्ष भित्र मे १९ सम्म, ८ हजार ३ सय ८५ वस्तुहरूको मूल्य औसतमा १२ प्रतिशतसम्म वृद्धि भएको भएको छ। “यो गर्मी मौषममा वस्तुहरूको मूल्य वृद्धिको पनि गर्मी बढे जस्तै देखिन्छ । “
गहुँ र खाना पकाउने तेलको बढ्दो मूल्यको बीचमा ३ हजार ६ सय ९ प्रशोधित खाद्य पदार्थहरू ह्याम, ससेज, कप चाउचाउ र फ्रोजन फूड जस्ता वस्तुहरूको मूल्य अन्ततः बढ्नेछ र औसत मूल्य वृद्धि १३% ले हुने सर्वेक्षणले देखाएको छ।
माल्ट र मकैको बढ्दो लागतका कारण मादक पेय पदार्थ बियर, वाइन, शोचु र छाउहाई ककटेलहरू सहितको मूल्य औसतमा १५% ले बढेको छ। तेलको मूल्यमा भएको वृद्धिले प्लाष्टिकका बोतल पनि महँगो बनाएको छ ।
जुन देखि मूल्य वृद्धिका लागि तय गरिएका ८०% भन्दा बढि वस्तुको मूल्य परिवर्तन यहि महिना वा जुलाईमा लागू हुने सम्भावना रहेको सो सर्वेक्षणले देखाएको छ ।
गहुँको मूल्य आकाशिनुको मुख्य कारण भनेको रूसको युक्रेनको आक्रमण हो, जसले विश्वव्यापी अनाज बजारलाई उल्लेखनीय रूपमा अवरुद्ध गरेको छ, साथै आपूर्ति श्रृंखलाहरू जुन पहिले नै कोरोनाभाइरस महामारीको कारण समस्यामा रहेका थिए।
केही कम्पनीहरूले प्रभावकारी रूपमा सानो मात्राको लागि समान मूल्य चार्ज गरेर मूल्यहरू बढाएका छन् – जसलाई तेइकेकु डाटाबैंकले ले “स्टिल्थ मूल्य वृद्धि” भनेको छ । कम्पनीहरूले अन्ततः मूल्यहरू तीव्र रूपमा बढाउन बाध्य हुन सक्छन्, अनुसन्धान कम्पनीले भनेको छ।
कम्पनीले कच्चा पदार्थको मूल्य अझै महँगो भइरहने हो भने मूल्यवृद्धि थप समस्या सृजना गर्ने छ र त्यसपछि पनि जारी रहने चेतावनी दिएको छ ।



