
Screenshot
जापानमा रहेका नेपालीहरूले नयाँ वर्ष २०२६ को स्वागतसङ्गै चर्चित गीत ‘बेहोसपछि होसमा आउँदा क्या दामी भो’ र ‘शिरमा शिरबन्दी’ को तालमा रम्न पाउने भएका छन्।
कुनै समय नेपाली संगीत आकाशमा एकछत्र राज गर्न सफल ‘बेहोसपछि होसमा आउँदा क्या दामी भो’ गीतमा डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको हो । त्यो मात्र हैन ‘ पछिल्लो समयको चर्चित गीत ‘शिरमा शिरबन्दी’ पिउँदिन भन्दाभन्दै पिलायो साथीले, सुर्ती माड्दै माड्दै गीतमा पनि कम्मर मर्काई मर्काई नाचेर नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा मौलिक लोक संगीतका पारखीलाई सालैजो अनि गाउँले पारामा ढुङ्गे धाराको जस्ता लोकगीत जापानका शहरमा गुञ्जिने भएको छन ।
नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरू शिव परियार र समीक्षा अधिकारी लगायतका कलाकारहरूको टोली जापानको ओसाका आइपुगेसँगै यहाँको माहोल तातेको हो। गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसर पारेर ओसाका, नागोया र टोकियोमा भव्य ‘सांगीतिक शृङ्खला–२०२६’ आयोजना गर्दैछ।
कुन दिन कहाँ हुँदैछ कार्यक्रम?
कलाकारहरूको टोलीले जापानका मुख्य तीन शहरमा निम्न मितिमा प्रस्तुति दिनेछन्:
- ३१ डिसेम्बर: ओसाका (नयाँ वर्षको पूर्वसन्ध्यामा) VENUE: GRACE BALI NAMBA DOTONBORI 〒111-0053 東京都台東区浅草橋1丁目22-16 ヒューリック浅草橋ビル
- १ जनवरी: नागोया 美容あいち 2 CHOME-10-28 KAMIMAEZU, NAKA WARD NAGOYA, AICHI 460-0013, JAPAN
- २ जनवरी: टोकियो 〒111-0053 TOKYO, TAITO CITY, ASAKUSABASHI 1 CHOME-22-16 ヒューリック 浅草橋ビル
को-को छन् कलाकार?
कार्यक्रममा सबै वर्गका दर्शक/श्रोतालाई समेट्ने गरी कलाकारहरूको चयन गरिएको छ:
- शिव परियार: ‘बेहोसपछि होसमा आउँदा’, ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ जस्ता कालजयी सुगम संगीतका धनी।
- समीक्षा अधिकारी: ‘शिरमा शिरबन्दी’, ‘माया नमार’ जस्ता चर्चित गीत गाएर छोटो समयमै चर्चा कमाएकी कोकिल कण्ठी गायिका।
- रामकृष्ण बम मल्ल: मौलिक लोकदोहोरी, सालैजो र गाउँले भाकाका पारखीहरूका लागि।
- सूर्य खड्का: परदेशी गायकको छवि बनाएका चर्चित लोक गायक।
उद्देश्य: शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी
गलकोट समाज जापानले यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभएर पवित्र सामाजिक उद्देश्यका साथ आयोजना गरेको हो। समाजका अध्यक्ष रत्नसिंह बस्नेतका अनुसार कार्यक्रमबाट संकलित रकम “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” गर्ने कार्यमा खर्च गरिनेछ।
तयारी पूरा, कलाकार ओसाका उत्रिए

कार्यक्रमका लागि मंगलबार नै कलाकारहरू शिव परियार र समीक्षा अधिकारी कानसाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छन्। समाजका महासचिव दिलिप कँडेलका अनुसार तीनवटै शहरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। व्यवस्थापनलाई चुस्त बनाउन क्षेत्रीय संयोजकको नेतृत्वमा समितिहरू परिचालन गरिएको छ।
विमानस्थलमा ओर्लिएपछि कलाकारहरूले जापानबासी नेपालीहरूलाई नयाँ वर्षको शुभकामना साटासाट गर्न र सांगीतिक माहोलमा रम्न उपस्थितिका लागि अपिल गरेका छन्। विगत दुई दशकदेखि सक्रिय गलकोट समाजले हरेक नयाँ वर्षमा यस्ता सांगीतिक धमाकाहरू प्रस्तुत गर्दै आएको छ।



