बागलुङ पोखरा सडक खण्डमा पहिरो,विद्युत सेवा समेत अवरुद्ध

-


     जनहित न्युज    
     असार १५ गते २०७८


पहिरोका कारण बागलुङ पोखरा सडक खण्ड अवरुद्ध भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर–८ चुवामा सडक माथिवाट खसेको पहिरोका कारण बागलुङ( पोखरा राजमार्ग १७ घण्टा देखि अवरुद्ध भएको हो । अवीरल रुपमा परेको बर्षाका कारण सोमबार साँझ ६ बजे खसेको पहिरोका कारण यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ । सोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिएपनि राति पुन पहिरो खसेर अवरुद्ध भएको थियो ।

मंगलवार बिहानै देखि सडक सुचारु हुने भनिएपनि सडकमा निकै ठुला ठुला ढुङ्गा भएकाले सडक सुचारु गर्न अझैं ६ घण्टा लाग्नसक्ने पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रि जानकारी दिनुभयो । बिहानै देखि पहिरोको दुबैतर्फवाट एक्साभेटरको प्रयोग गरि पहिरो हटाउने कार्य भइरहेको छ, ठुला ठुला ढुङ्गा भएकाले अझैं करिव ६ घण्टा लाग्नसक्ने देखिन्छ, खत्रिले भन्नुभयो थप पहिरो नथपिएमा साँझ सम्ममा सडक संचालनमा ल्याउन सकिने गरि काम भईरहेको छ ।

यातायात ठप्प हुँदा बिरामी तथा अत्यावश्यक कामले पोखरा, काठमाडौं हिडेका र जिल्ला फर्कने यात्रुहरु अलपत्र परेका छन् । पहिरोका कारण केन्द्रीय प्रशारण लाइनका पोलहरु पुरिएका कारण धौलागिरि अञ्चलका चारवटै जिल्लाको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युत सुचारुका लागि अवरुद्ध लाइन मर्मत कार्य भईरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण घोसालिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?