पिरो स्पोर्ट्स क्लबद्वारा 4A SIDE प्रथम SUMMER CUP भलिबल प्रतियोगिता आयोजना

-


     दिनेश थापा     
     श्रावण १३ गते २०८२


आउदो २०२५-८-९ तारिक शनिवारका दिन पिरो स्पोर्ट्स क्लबले जापानमा पहिलो पटक 4A SIDE SUMMER CUP भलिबल प्रतियोगिता–2081 आयोजना गर्न लागेको छ। प्रतियोगिता शनिवारका दिन ODAWARA SEISO SPOTRS CENTER को खेलमैदानमा आयोजना हुने क्लबले जानकारी दिएको छ।

यस प्रतियोगितामा जापानभरि का विभिन्न स्थानहरूबाट ४ सदस्यीय टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने खेलाडीको हकमा हरेक टिम समुहमा नेपालको प्रदेश स्तरको प्रतियोगितामा समावेश रहेका १ जना खेलाडी मात्र समावेश गर्न पाईनेछ। जसमा प्रतिस्पर्धा, उत्साह र भाइचारा एकसाथ देखिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार खेलकुदले युवाहरूलाई गलत बाटोबाट जोगाउँछ, नेतृत्व सिकाउँछ र अनुशासनमा बाँध्छ सामाजिक एकता, मित्रता र स्वास्थ्यप्रतिको जागरुकता जगाउछ यो नै हाम्रो लक्ष्य रहेको छ।

प्रतियोगिता विवरण मिति: २०२५-८-९ स्थान: ODAWARA SEISO SPORTS समय: बिहान ८:०० बजे देखि टिम सङ्ख्या: ४ खेलाडी प्रथम पुरस्कार: १,५५,५५५ येन ट्रफी, मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार: १,११,१११ येन, ट्रफी, मेडल र प्रमाण पत्र टिम दर्ता शुल्क: २०,००० येन विधागत तर्फ १ जना सर्वोत्कृष्ट खेलाडीलाई ५,५५५ येन नगदद्वारा सम्मान गरिने आयोजन टिमका प्रतिनिधि मनोज केसीले बताए।

यस प्रतियोगिताको मूल उद्देश्य केवल ट्रफी जित्ने प्रतिस्पर्धा होइन, जापानमा रहेका भलिबल प्रेमीहरु साथै युवा खेलाडीहरूमा लुकेको प्रतिभालाई उजागर गर्ने, भलिबल खेललाई जापानमा अझै लोकप्रिय बनाउने रहेको बताए।

आयोजक टिमका प्रतिनिधि तथा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापान २०२५-२७ कार्यकालका सदस्य समेत रहेका निराजन मल्लका अनुसार विशेष गरि पछिल्लो समयमा नेपालबाट विधार्थी लगायत अन्य वैकल्पिक क्षेत्रमा युवाहरुको सङ्ख्या अत्यन्तै बढेसगै यस किसिमका प्रतियोगिताहरूले केवल खेलको विकास मात्र गर्दैनन्, समाजमा नेतृत्व, समर्पण र सकारात्मक सोचको बीज रोप्न मदत पुग्ने अपेक्षा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?