देउवाप्रति दया लाग्छ : प्रधानमन्त्री ओली

-


     जनहित न्युज    
     असार १४ गते २०७८


नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाउनुभएको छ ।
मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो ‘नेपाली कांग्रेसका सभापति देउवाप्रति दया लाग्छ ।

फेरि प्रधानमन्त्री बन्ने चाहनाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाउनुभयो । जनताबाट चुनिएर प्रधानमन्त्री बन्नुपर्नेमा अन्तैबाट प्रधानमन्त्री बन्ने प्रयास गरेको भन्दै ओलीले भन्नुभयो ‘शेरबहादुर जीको प्रधानमन्त्री फेरि हुने इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो । जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो । पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्यो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।’

अहिले चुनावको मिति घोषणा गर्दा कू भन्ने हो भने २०१७ साललाई के भन्ने भनेर प्रश्न गदैं प्रधानमन्त्री ओलीले ‘लोकतान्त्रिक अभ्यास बिर्सेर नेपाली कांग्रेसले कू भनेको भुलिसकेको आरोप लगाउनुभयो । म शेरबहादुर देउवाजीलाई सोध्न चाहान्छु । माघ १९ चाहिं के थियो ? ’ ओलीले प्रश्न गर्नुभयो ‘उहाँलाई सत्ता हस्तान्तरण गर्याथ्यो ? लोकतान्त्रिक विधिबाट थियो ? एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिँ के थियो ? कू थियो कि थिएन ? त्यतिबेर त कू भन्ने शव्द उहाँको मुखबाट आउने हिम्मत त भएन ?’

आफूले संवैधानिक तरिकाले चुनाव घोषणा गर्दा देउवाले माओवादी अध्यक्ष प्रचण्डको भाषालाई आफ्नै बनाएर ‘प्रतिगमन’ भनेको ओलीले टिप्पणी गर्नुुभयो । उहाँँले नेपाली कांग्रेस प्रति टिप्पणी गदैं एउटा लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको एउटा पार्टी यस ढंगले देख्दा अचम्म लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?